विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड १० लाख ६८ हजार नाघ्यो (कहाँ कति संक्रमित विवरणसहित)

काठमाडौँ, ३० साउन । विश्वभर महामारीको रुपमा फैलिएको नोवोल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या संख्या २ करोड १० लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड १० लाख ६८ हजार ९५७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३१५ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ५२ हजार ७२१ पुगेको छ ।

१ करोड ३८ लाख ९८ हजार ६९२ जना संक्रमणमुक्त भएका छन् । अहिले ६४ लाख १७ हजार ५४४ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये ६४ हजार ६४१ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार १६८ जनाको मृत्यु भएको छ । ३१ लाख २७ हजार ५०५ जना संक्रमित भएकोमा १८ लाख ७२ हजार ३१४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४२ हजार ३८२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६३ लाख ७३ हजार ७९९ पुगेको छ । त्यसमध्ये ३४ लाख ६७ हजार ८६१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख १५ हजार ६३५ जनाको मृत्यु भएको छ । ५३ लाख ९२ हजार २९४ जना संक्रमित भएकोमा ४१ लाख १५ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६७ हजार ४१० जनाको मृत्यु भएको छ । ५० लाख ६१ हजार ८९२ जना संक्रमित भएकोमा ३६ लाख ४३ हजार ८५९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २४ हजार ७२४ जनाको ज्यान गएको छ भने १० लाख ८८ हजार ३३८ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ८३ हजार ५७९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३८७ जनाको मृत्यु भएको छ । २४ हजार ४०८ जना संक्रमित भएकोमा १४ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board