प्रदेश १ मा थप ११५ जनामा कोरोना संक्रमण

विराटनगर, २९ साउन । बिहीबर प्रदेश १ मा थप ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ६० जना मोरङको विराटनगर महानगरपालिकाका छन् ।

मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका २ जनामा बिहीबार संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगर महानगरपालिका भित्रका ३८ पुरूष र २२ महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । तर, विराटनगरका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलेको छैन । यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ४ सय १५ पुगेको छ । संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई फर्किएका छन् ।

त्यस्तै, कोशी अस्पताल विराटनगरमा बिहीबार १ जना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार संक्रमित स्वास्थ्यकर्मीको संख्या १८ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति