सुनको भाउ फेरि बढ्यो, प्रतितोला कारोबार ९७ हजार ८ सय

काठमाडौं, २९ साउन । लगातार उकालो लागिरहेको सुनको भाउ बुधबार भने ठूलो अन्तरले घटेको थियो । तर, आज फेरि सुनको भाउ पुनः बढेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला दुई हजार चार सय रुपैयाँले सुनको भाउ बढेको हो । महासंघले आज सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकेको छ ।

तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार तीन सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ भने चाँदीको प्रतितोला भाउ १२ सय ९५ रुपैयाँ पुगेको छ ।

रुसले कोभिड १९ बिरुद्धको खोप बनाएको घोषणा पछि लगानीकर्तामा मनोबाल बढेको र सुनमा गरिने लगानी घट्दा मूल्य ओरोलो लागेको विश्लेषण अन्तराष्ट्रिय बजारमा गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति