‘पत्रकारमाथि आक्रमण गर्ने दोषीमाथि कारबाही होस्’: महासङ्घ

काठमाडौं २८ साउन । नेपाल पत्रकार महासङ्घका सभासद् एवं कैलालीको टीकापुरस्थित कान्तिपुर संवाददाता गणेश चौधरीलाई समाचार सङ्कलनका क्रममा आक्रमण गरी घाइते बनाएको घटनामा संलग्न व्यक्तिहरुमाथि कानूनी कारबाही गर्न माग गरेको छ । साउन २६ गते कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा समाचार सङ्कलनका क्रममा रहेका पत्रकार चौधरीमाथि सोही ठाउँका दिनेश कडायत, दिनेश शाह, शिरिष शाह, सुरेन्द्र शाही र रवीन्द्र शाहको समूहले एक्कासि टाउकामा प्रहार गरी घाइते बनाएका थिए ।

“कोभिड–१९ सङ्क्रमणको जोखिम मोलेर पेशागत कर्ममा जुटेका पत्रकारमाथि भएको यो आक्रमण निन्दनीय र प्रेस विरोधी काम हो, महासङ्घ घटनामा संलग्न व्यक्तिहरुमाथि कानूनी कारबाही गर्न तथा पत्रकारको सुरक्षामा गम्भीर भई प्रेसविरुद्ध हुने यस्ता घटना नियन्त्रणमा कडा कम चाल्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । साथै महासङ्घले घाइते पत्रकार चौधरीको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति