विश्वभर कसरी प्रयोगमा ल्याइँदैछ रुसले बनाएको कोरोना भ्याक्सिन ?

रुस,२८ साउन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन तयार गरेको दाबी गरेका छन् । रुसको स्वास्थ मन्त्रालयमा यो भ्याक्सिन दर्ता भइसकेको छ । पुटिनले बताएअनुसार उनकी छोरीले यो भ्याक्सिनको डोज लिइसकेकी छिन् । रुसको दाबीपछि अहिले पुरै विश्वमा यसको चर्चा सुरु भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ११ अगस्टमा टिभीमार्फत कोरोना भ्याक्सिन बनाइएको जानकारी विश्वलाई दिए । पुटिनका अनुसार रुसले विश्वकै पहिलो कोरोना भ्याक्सिन बनाएको हो । करिब दुुई महिनाको ह्युमन ट्रायलपछि यो भ्याक्सिनलाई रुसमा अनुमति दिइएको उनले दाबी गरे ।

कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे धेरै चर्चा थियो । के विश्व स्वास्थ संगठनले यसलाई अनुुमति देला ? यदि दियो भने कसरी यस भ्याक्सिनको कसरी प्रयोगमा आउनेछ ? यस्ता छन् महत्वपूर्ण सवालहरु …

रुसको रक्षा मन्त्रालयले भ्याक्सिन निर्माणमा गामालिया नेशनल सेन्टरलाई सहयोग गरेको छ । यसको क्लिनिकल ट्रायल १ सय प्रतिशत सफल भएको दाबी गरिएको छ । क्लिनिकल ट्रायल १८ जुनमा सुरु गरिएको थियो । यस ट्रायलमा ३८ स्वयंम्सेवक सहभागी थिए । ट्रायलका दौरानमा यी स्वयंम्सेवकमा भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकसित भएको थियो । ट्रायलपछि पहिलो समूहलाई १५ जुलाई र दोस्रो समूहलाई २० जुलाईमा डिस्चार्ज गरियो । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख किरिल डिमिट्रोभका अनुसार रुसलाई यसअघि नै २० भन्दा धेरै देशबाट यस भ्याक्सिनको १ अर्बभन्दा धेरै डोजका लागि माग आइसकेको छ ।

भ्याक्सिनलाई सेप्टेम्बर महिनाबाटै ठूलो परिमाण उत्पादन गर्न थालिने र अक्टुुबरमा अझै धेरै मात्रामा उत्पादन गर्ने लक्ष्य पनि रुसको छ । यसअघि विश्व स्वास्थ संगठनले तेस्रो चरणको ट्रायल समाप्त भएपछिमात्रै भ्याक्सिनले स्वीकृति पाउने जनाएको थियो । तेस्रो चरणको ट्रायलअघि नै कुनै भ्याक्सिनको उत्पादनका लागि लाइसेन्स जारी गर्नु निकै खतरनाक कदम हुने डब्ल्युएचओले जनाएको छ ।

यस भ्याक्सिनको नाम ‘स्पुटनिक पाँचौ’ हो । यो नामको विशेष अर्थ छ । स्पुटनिक विश्वको पहिलो स्याटेलाईट हो, जसलाई सोभियत युनियनले १९५७ मा लन्च गरेको थियो । यही स्याटेलाईटसँग जोडेर संसारको पहिलो कोरोना भ्याक्सिनको नामाकरण गरिएको छ ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख किरिल डिमिट्रोभका अनुसार रुसलाई यसअघि नै २० भन्दा धेरै देशबाट यस भ्याक्सिनको १ अर्बभन्दा धेरै डोजका लागि माग आइसकेको छ । भ्याक्सिनलाई सेप्टेम्बर महिनाबाटै ठूलो परिमाण उत्पादन गर्न थालिने र अक्टुुबरमा अझै धेरै मात्रामा उत्पादन गर्ने लक्ष्य रुसको रहेको छ । ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board