अब बिबाहका लागि अनिवार्य परीक्षा, फेल भए बिबाह रद्ध

काठमाडौं २८ साउन । इन्डोनेसियाको सरकारले विवाह पूर्व पढाई अनी परीक्षा शुरू गर्न लागिरहेको छ । यसमा विवाह गर्न लागेका दम्पतीहरूलाई विवाह पछि जीवनमा हुने परिवर्तनको बारेमा शिक्षा दिइनेछ । इन्डोनेसियाका मानव विकास मन्त्री मुहाजिर एफेंडीले विवाह पछि व्यक्तिहरू पूरै जिम्मेवार गराउँनका लागि ३ महिना लामो कोर्समा, घरेलु जीवनको प्रत्येक विवरण वर्णन गरिनेछ, जसमा घरको आर्थिक अवस्था जस्ता विषयहरू पनि सामेल हुनेछन् । पाठ्यक्रम पूरा भएपछि, जोडीहरूलाई प्रमाणपत्र मार्फत विवाहको लागि स्वीकृति दिइने बताएका छन् । यो तीन महिने कोर्स धार्मिक र स्वास्थ्य विभागको सहयोगमा मानव विकास र इन्डोनेशियाको सांस्कृतिक मन्त्रालयले बनाएको हो ।

मंसीर महिना अहिले नेपालमा विवाहको सिजन चलिरहेको छ । विवाहका आ–आफ्नै तरिकाहरु हुन्छन् । अहिले प्रचलनमा रहेका विवाहमध्यमा प्रेम विवाह, मागी र काुननी विवाह हुन । यी बाहेक अरु पनि रहेका छन् । विवाह गर्नका लागि नेपालमा उमेर पुगेको हुनुपर्छ । युवती २० वर्ष हुँदा युवक पनि त्यो बराबर वा त्यो भन्दा धेरै हुनुपर्छ । तर, इन्डोनेसियाको जार्कातामा सामान्यतया विवाह गर्नका लागि विवाह पूर्व पढाई गर्नुपर्ने छ ।
पाठ्यक्रम एकदम सरल छ, तर यदि कुनै जोडी यसमा असफल भएमा, इन्डोनेसियाली सरकारले उनीहरूसँग लाई विवाह गर्ने अधिकार दिने छैन । त्यसैले अनिवार्य रुपमा यसलाई पास गर्नु पर्ने हुन्छ । यसको उद्देश्य विवाहपूर्व वैवाहिक जीवनलाई सम्हाल्ने र अभिभावक बन्नको लागि भावनात्मक र शारीरिक रूपमा तयार पारिएको जोडीलाई सुनिश्चित गर्नु हो। यो पाठ्यक्रम विवाह योग्य उमेरका सबै युवाहरूको लागि अनिवार्य हुँनेछ । सरकारले विफल भएकाहरूलाई विवाहको अधिकार नदिने बताइएको छ। इन्डोनेसियाली अखबार ’जकार्ता पोस्ट’ का अनुसार यो कोर्स २०२० मा सुरु गरिने भएको छ । जसको कुनै शुल्क लिइने छैन ।

स्वास्थ्य विभागका महानिर्देशक किरण प्रितसरीले यो पहिलो पटक नभएको यसभन्दा पहिला पनिकुनै ठाउँमा विभागले युवा पुरुष र महिलाहरूलाई विवाह गर्न प्रशिक्षण दिइरहेको बताएका छन् । उनले अहिले यो नियमित रुपमा लागु हुन लागेको बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board