पत्रकार बलराम बानियाँ खोला किनारमा मृत भेटिए

काठमाडौं, २८ साउन । पत्रकार बलराम बानियाँको शव भेटिएको छ । सोमबारदेखि हराइरहेका पत्रकार बनियाँको मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा शव भेटिएको हो ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसा परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको छ । बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।

उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो । अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो ।

खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति