बाँकेमा फेरि थपिए २६ जना कोरोना संक्रमित, निषेधाज्ञा लम्बिने निश्चित

बाँके,२७ साउन । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा कोरोना भाइरस संक्रमण (कोभिड १९) पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालबाट संकलन गरिएको स्वाबको परीक्षण गर्दा बांकेका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालगन्ज उपमहानगरका विभिन्न वडाका १६ जना, कोहलपुरका ५ जना, जानकी गाउँपालिकाका १ जना, राप्ती सोनारी गाउँपालिकाका १ जना तथा बाँके जिल्लाकै ठेगाना नखुलेका ३ जना छन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ६ सय ६३ पुगेको स्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ जानकारी दिए । जिल्ला प्रशासन कार्यालय बाँके मंगलबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेपनि फेरि निषेधाज्ञा थपिने निश्चित भएको छ।

त्यस्तै भेरी अस्पताल नेपालगन्जकै प्रयोगशालामा नेपाली सेनाको फिल्ड एम्बुलेन्स दाङबाट संकलित स्वाबको परीक्षण गर्दा अन्य ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ८० जनाको परीक्षण हुँदा बाँकेका २६ जना र अन्य विभिन्न जिल्लाका ३३ जनासहित ५९ जनामा कोरोना भाईरस पुष्टि भएको हो । ३३ जनामध्ये अधिकांश बाँकेमा कार्यरत सरकारी कर्मचारी रहेको र सबैको ठेगानासहित विस्तृत विवरण संकलनको काम सुरु भएको स्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति