कोरोनाबाट थप एक जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ८० पुग्यो

जनकपुरधाम, २७ साउन । धनुषाको जनकपुरधाममा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारको क्रममा विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए ।

उनका अनुुसार मृतक ब्यक्त १८ दिनदेखि आईसीयूमा राखेर उपचार चल्दै आएको थियो । उनी क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा. सिंहले जानकारी दिए । उनको ट्राभल हिस्ट्री भने खुल्न बाँकी छ ।

उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board