किष्ट अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २६ साउन । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले ती महिलाको सोमबार बिहान ९ बजे मृत्यु भएको जानकारी दिए । उनको सोमबार कोरोना पुष्टि भएको हो । मृतक महिलाान निमोनिया तथा छातीको संक्रमण रहेको थियो । उनी भेन्टिलेटरमा उपचाररत थिइन् । उनी साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board