नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ, २६ साउन । नेपालमा सोमबार पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ४४ सहित देशभर ३३८ जना कोरोना संक्रमित थपिएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको छ । ८ हजार ४ सय ३२ नमुना परीक्षण गर्दा थप ३३८ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घन्टामा निको भएर १ सय ४० डिस्चार्ज भएका छन् भने थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

थप चार जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २३,३१० पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,७३८ जनामा सक्रिय सङ्क्रमण छ भने १६,४९३ जना भाइरसमुक्त भएका छन्।

गएको पाँच दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९ छ। हालसम्म ४५२,२३६ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। सो अवधिमा १४० जना रोगमुक्त प्रमाणित भएका थिए।

अहिले देशभरि क्वारन्टीनमा १०,७५९ जना छन्। अहिले गण्डकी र प्रदेश नं १ मा क्वारन्टीनमा हुनेको सङ्ख्या सर्वाधिक छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति