अफगान सरकारसँग वर्ताका लागि तालिबानहरु तयार

काबुल, २६ साउन । अफगानिस्तानमा विगत लामो समयदेखि सशस्त्र हिंसा गरिरहेका तालिबानी लडाकूहरुको समूह अफगानिस्तानको सरकारसँग वार्ता गर्नका लागि तयार रहेको बताइएको छ ।

उनीहरुका बन्दीहरुलाई अफगानिस्तानको सरकारले मुक्त गरिदिएमा तालिबानीहरु यसैहप्तामा नै सरकारसँग वार्तामा बस्न तयार भएको प्रवक्ता सुहिल साहिनाले बताएका छन् ।

उनलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो टेलिभिजनले भनेको छ कि सरकारले रिहा गर्नै भनेका तालिबानीहरुका बन्दीहरुलाई सरकारले रिहा गरिदिएमा उनीहरु वार्तामा बस्न तयार छन् र उनीहरु यसै हप्ता पनि वार्तामा बस्न तयार रहेका हुन् ।

अफगानिस्तानको सरकारसँग अब हुने पहिलो चरणको वार्तामा उनीहरुको तर्फबाट यसअघि भएको वार्ताका प्रमुख सहयोगकर्ता अबास स्टानिकजाले नेतृत्व गर्ने जानकारी पनि तालिबानीहरुले दिएका छन् । अब्बास तालिबानीका तर्फबाट यसअघि अमेरिकासँग भएको वार्ताका सहयोगकर्ता पनि हुन् ।

यसअघि हालैमात्र अफगानिस्तानको लोया जिर्गाले अफगानिस्तानको सरकारी जेलमा रहेका ४०० जना तालिबानलाई रिहा गर्ने सम्बन्धी सरकारको प्रस्तावलाई स्वीकृति प्रदान गरेको थियो ।

सरकारको यस निर्णयसँगै अफगानिस्तानमा तालिबानहरुको समूहले सरकारसँग वार्ता गर्ने सहमति जनाएको हो । यसअघि केही महिना अघि अफगानिस्तान सरकार र तालिबानबीच वार्ता गर्ने सहमति भएको थियो ।

केही महिनाअघि कतारको राजधानी दोहामा भएको अमेरिका, अफगानिस्तान र तालिबानबीच त्रिपक्षीय वार्ता भएको थियो ।

त्यस वार्तामा भएको सहमति बमोजिम अफगान सरकारले आफ्ना बन्दी रिहा गरेकोले तालिबानीहरु सरकारसँग वार्तामा बस्न तयार भएको समाचारमा जनाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board