प्रहरी कन्ट्रोलमा कार्यरत ३ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ साउन । प्रहरी कन्ट्रोलमा कार्यरत तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोल अर्थात मेट्रो कन्ट्रोल पनि भनिने यहाँ करिब एक सय जना कार्यरत छन् ।

यहाँ बिभिन्न खालका सूचनाहरु संकलन हुने गर्दछ । यही कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको हो । संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी गरिएको बताईएको छ ।

यसअघि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो । यसैगरी नेपाल प्रहरीको पहरा गण सामाखुसी र नगर प्रहरी एक जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board