कोरोनासँग मिल्दो लक्षण देखिएका सुरक्षा गार्ड र कांग्रेस नेताको मृत्यु

धनुषा,२५ साउन । कोरोना भाईरससँग मिल्दोजुल्दो लक्षण देखिएका धनुषामा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएका एकजना अस्पतालका सुरक्षा गार्ड र अर्का नेपाली पुरुष नेपाली कांग्रेसका नेता हुन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार धनुषाको मिथिला बिहारी नगरपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित बिनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उनलाई उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको भट्टराईले जानकारी दिए ।

उनको शव सोही अस्पतालमा राखिएको र स्वाब संकलन गर्ने काम भइरहेको छ । विदामा गएको बेला उनी एकाएक बिरामी भएका थिए । यस्तै श्वास प्रश्वासमा समस्या देखिएपछि धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको पनि स्वाब संकलन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । मृत्यु भएका पुरुष नेपाली कांग्रेसका नेता रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति