वीरगन्जमा २० वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, २५ साउन । वीरगन्जमा शुक्रबार राति मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार राति सवा एक बजे मृत्यु भएकी उनको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

कोरोना अस्तपाल गण्डकका डाक्टर जेपी जैसवालका अनुसार उनमा श्वासप्रश्वासको समस्या देखिएपछि शुक्रबार मध्यरातमा गण्डक अस्पताल ल्याइएको थियो । तर, उनलाई अस्पतालले ब्रट डेथ घोषणा गरेको हो । उनलाई परिवारले सुरूमा अन्य अस्पताल पनि लगेका थिए। तर कुनै पनि अस्पतालले भर्ना गर्न नमानेपछि उनलाई गण्डक पुर्‍याइएको थियो ।

अहिले युवतीको शव अस्पतालमै राखिएको छ। शव व्यवस्थापनको लागि नेपाली सेनालाई खबर गरिएको अस्पतालले जनाएको छ । योसँगै वीरगन्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। भने गएराती पोखरामा ६२ वर्षिय पुरुषको उपचारको क्रममा निधन भएको यो सगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ७५ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति