वीरगन्जमा २० वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, २५ साउन । वीरगन्जमा शुक्रबार राति मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार राति सवा एक बजे मृत्यु भएकी उनको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

कोरोना अस्तपाल गण्डकका डाक्टर जेपी जैसवालका अनुसार उनमा श्वासप्रश्वासको समस्या देखिएपछि शुक्रबार मध्यरातमा गण्डक अस्पताल ल्याइएको थियो । तर, उनलाई अस्पतालले ब्रट डेथ घोषणा गरेको हो । उनलाई परिवारले सुरूमा अन्य अस्पताल पनि लगेका थिए। तर कुनै पनि अस्पतालले भर्ना गर्न नमानेपछि उनलाई गण्डक पुर्‍याइएको थियो ।

अहिले युवतीको शव अस्पतालमै राखिएको छ। शव व्यवस्थापनको लागि नेपाली सेनालाई खबर गरिएको अस्पतालले जनाएको छ । योसँगै वीरगन्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। भने गएराती पोखरामा ६२ वर्षिय पुरुषको उपचारको क्रममा निधन भएको यो सगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ७५ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board