सुटकेसभित्र भेटियो टाउकोविनाको शव

काठमाडौं, २५ साउन । राजधानीमा सुटकेशभित्र टाउकोविनाको शव भेटिएको छ । राजधानीस्थित गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको हो । टाउको भने तीन सय मिटर टाढा भेटिएको खबर छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली घटनास्थलमा पुगेको बताईएको छ । शवको पहिचान भने भएको खुल्न बाँकी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board