पाकिस्तान विरुद्धको पहिलो टेस्ट घरेलु टिम इंग्ल्याण्ड विजयी


काठमाडौं, २५ साउन । पाकिस्तान विरुद्धको पहिलो टेस्ट घरेलु टिम इंग्ल्याण्डले जितेको छ ।

म्यानचेस्टरमा राति भएको खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ३ विकेटले हराउँदै पहिलो टेस्ट आफ्नो पक्षमा पारेको छ । पाकिस्तानले दिएको २ सय ७७ रनको लक्ष्य इंग्ल्याण्डले ७ विकेट गुमाएर पूरा गर्यो ।

यसअघि दोस्रो इनिङमा पाकिस्तान १ सय ६९ रनमा अलआउट भएपछि इंग्ल्याण्डले २ सय ७७ रनको लक्ष्य पाएको थियो । पाकिस्तानले पहिलो इनिङमा अलआउट हुँदै ३ सय २६ रन बनाएको थियो ।

पहिलो टेस्ट जितेसँगै तीन खेलको सिरिजमा इंग्ल्याण्डले १ शून्यको अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो टेस्ट आउँदो बिहीबार साउथह्याम्पटनमा सुरु हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board