आफैं सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना नियन्त्रण गर्न सक्दैन – मेयर शाक्य

काठमाडौं, २५ साउन । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफैं सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना नियन्त्रण गर्न नसक्ने बताएका छन्।

काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमण बढिरहेको अवस्थामा जनताले पनि होसियारी अपनाउनुपर्ने बताए।

‘मास्क लगाउनु, आफू सुरक्षित हुनलाई मात्र होइन, अरुलाई सुरक्षित गर्नलाई पनि हो। यो अवस्थामा हामी यसरी नै सुरक्षित हुनु पर्छ,उनले भने, हामी आफैं सुरक्षित नहुने हो भने सरकारले चाहेर पनि कोरोना संक्रमणलाई नियन्त्रण गर्न सक्दैन।’

हिजो कोरोना संक्रमण फैलिएको बेला काठमाडौं महानगरपालिकाले जो जहाँ बसेको छ त्यो त्यहीँ सुरक्षित बस्नुहोला भनेर आग्रह गर्दा आफूहरूलाई उपत्यका भित्र छिर्न दिएन भनी आलोचना गरेको भन्दै प्रमुख शाक्यले मान्छेहरू जथाभावी उपत्यका छिरेकै कारण अहिलेको समस्या आएको बताए।

‘त्यतिबेला भित्र आउन दिएन भनी हाम्रो आलोचना भयो। भित्र आएपछि कोरोना झन् फैलियोु, मेयर शाक्यले भने ‘सरकारले जे गर्दा पनि सडकमा जुलुस आइहाल्छ। तर जुलुस निकाल्दैमा कोरोना भाग्ने त होइन। ढोका ढोकामा पुग्न सक्छ। जुलुस निस्क्यो भने जुलुस सँगसँगै कोरोना पनि निस्कन सक्छ भनेर हामी सचेत हुनुपर्छ।’ पिसिआर परीक्षण नै रोगको उपचार नभएको भन्दै मेयर शाक्यले पिसिआर तत्कालको अवस्था मात्रै भएको बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति