पोखराका ३ जनासहित गण्डकीमा थपिए २४ जना कोरोना संक्रमित

पोखरा, २४ साउन । गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङमा १३ जना संक्रमित थपिएका छन् । उनीहरु सबै बाग्लुङ नगरपालिका वडा नम्बर ३ का पुरुष स्याङ्जामा ७ जना संक्रमित थपिए संगै पुतलीबजारका ६ र कालीगण्डकीका एक जना रहेका छन् । कास्कीको पोखराका ३ र म्याग्दीका एक जनामा पनि संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १६११ पुगेको छ । उनीहरुमध्ये १४४३ जना निको भइसके ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति