एयर इन्डियाको जहाज दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु (भिडियोसहित)

काठमाडौं, २४ साउन । एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलाको कोजिकोडमा दुर्घटना हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। 

भारतीय अनलाइन स्क्रोलका अनुसार दुर्घटनामा जहाजका दुई पाइलटसहित कम्तिमा २० जनाको मृत्यु पुष्टि भएको छ। यो संख्या बढ्न सक्ने स्क्रोलले लेखेको छ। विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु थिए। सबै यात्रुको उद्धार कार्य जारी छ।

त्यस्तै १०० भन्दा बढी यात्रु घाइते भएका छन्। स्क्रोलका अनुसार ११२ जना घाइतेलाई अस्पताल लगिएको छ।

तस्बिरः हिन्दुस्तान टाइम्स
तस्बिरः हिन्दुस्तान टाइम्स

विमान दुबईबाट आइरहेको थियो। नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो। विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो।

विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन्। 

भारतीय नागरिक उड्डययनका अधिकारीले दिएको जानकारी अनुसार दुर्घटनामा परेको विमान दुई टुक्रा भएको छ। 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति