प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन

काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार कोरोना संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन १४ गते बालुवाटारमा नै भेट भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि ओलीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको हो ।

प्रधानमन्त्री र उनीसँग नियमित सम्पर्क रहेका पार्टीको, सरकारको कामले भेटिरहनुपर्ने सल्लाहकार र सचिवालय टिमका सदस्यहरुको स्वाब संकलन गरिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

स्वाब परीक्षणका लागि पठाए पनि रिपोर्ट आएको छैन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका सुरक्षाकर्मीहरुको गत सोमबार स्वाब संकलन गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board