कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु

विराटनगर, २३ साउन । कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा कोरोना भाईरस कोभिड १९ थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ९ का ५८ वर्षका पुरुषलाई भर्नालगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

शुक्रबार बिहान कोशी अस्पताल विराटनगरको आइसालेसनमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । मृतकमा एक सातादेखि ज्वरो र खोकीको समस्या रहेको थियो । उनी उच्च रक्तचापको समस्याले पनि पीडित थिए ।

ती पुरुष विहान सवा ९ बजे अस्पताल पुगेका थिए । निजी स्वास्थ्य संस्थामा लैजादा उपचार नभएपछि अन्तिम अवस्थामा आफन्तले अस्पताल पु¥याएका थिए । ‘आइसोलेसनमा राखेर जाँच गर्दा मृत्यु भइसकेको थियो’ डा. दासले भने ‘कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ३ पुगेको छ । मोरङमा ज्यान गुमाउनको संख्या पाँच पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board