पाटन अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं २३ साउन । पाटन अस्पताल उपचाररत थप दुई जना कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ ।

निर्देशक डाक्ट विष्णुप्रसाद शर्माले अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको जानकारी दिए ।

उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ । अर्का संक्रमित ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अस्पताल भर्ना भएका थिए ।

ती पुरुष साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए । यसअघि बिहीबार राती पाटन अस्पतालमै कोरोना संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board