कोरोनाबाट धरानमा २१ बर्षीय युवकको मृत्यु

सिरहा, २३ साउन । कोरोना संक्रमणबाट सिरहाका एक युवकको मृत्यु भएको छ । २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो ।

सिरहा प्रशासनका अनुसार ती २१ बर्षीय युवक सिरहा गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी हुन् । मिर्गौला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको भनाई छ ।

केही दिन अगाडि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शवलाई ल्याएर सिरहामै व्यवस्थापन गरिने प्रजिअ कणेलले बताए । उनका अनुसार उनको कन्ट्याक्ट ट्रेसिङ्गमा आएका परिवारका चार जनालाई क्वारेन्टिनमा राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति