अमेरिकामा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

काठमाडौं, २३ साउन । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट अमेरिकामा ५० लाख भन्दाबढी मानिस संक्रमित बनेका छन् । शुक्रवार विहान सम्म ५४ हजार ४२६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५० लाख २७ हजार ९९४ पुगेको हो ।

शुक्रबार यो समाचार तयार पार्दासम्म थप १ हजार १०७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ७०८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २५ लाख ७२ हजार ५५१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २२ लाख ९२ हजार ७३५ जनामध्ये १८ हजार २८४ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति