कोरोना भाईरसः अन्त्येष्टि रोकिएका एकको पोजेटिभ, दुईको नगेटिभ

सप्तरी, २२ साउन । कोरानाको मिल्दोजुल्दो लक्षणसहित मृत्यु भएका ३ जना मध्ये एकजनाको रिपोर्ट पोजेटिभ आएको छ । सप्तरीको रुपनी गाउँपालिका ५ निवासी ४५ वर्षिय बिन्देश्वर साहको रिपोर्ट पोजिटिभ आएको हो ।

उनको उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नपुग्दै मृत्यु भएको थियो । उनको स्वाब संकलन नगरिकन अन्त्येष्टि गर्न लाग्दा गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जिल्ला स्वास्थ्य कार्यलय तथा प्रहरीलाई खबर गरेपश्चात अत्येष्टि रोकिएको हो । उनको स्वाब संकलनपश्चात सुरक्षाकर्मीसहित ८ जनालाई अन्त्येष्टिमा सहभागि हुन अनुमति दिएपछि अन्त्येष्टि गरिएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि अहिले उनको घर सिल गरेर परिवारको पाँचजनाको समेत स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । उता कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेका डाक्नश्वरी नगरपालिका ९ बस्ने ८१ वर्षिय मंगलु खंग र राजगढ गाउँपालिका ६ बस्ने ८० वर्षिय बच्चालाल सुतिहारको रिपोर्ट भने नेगेटिभ आएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिए ।

बढ्दो कोरोना संक्रमणले गर्दा स्थानिय प्रशासनद्वारा दोश्रो पटक साउन २० गतेदेखी जारि गरिएको निषेधाज्ञा बिहीबार पनि जारि रहेको छ । जसका कारण जिल्लाका प्रमुख बजारहरु सुनसान देखिएका छन् भने सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board