कांग्रेस विवादः देउवा पौडेलबीच छलफल

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसमा पार्टीभित्रको विवाद बढ्दै गएपछि सहमति खोज्न पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसमूहका नेतालाई बैठकका लागि बोलाएको छ । देउवा निवास बुढानीलकण्ठमा दुई पक्षका नेताहरुको बैठक जारी छ ।

विभाग गठन, क्रियाशील सदस्यता वितरणर नवीकरण र केन्द्रीय सदस्य रहेको व्यक्तिले भातृ संस्थाका पदाधिकारी नत्यागेको विषयमा विवाद छ । सभापति देउवाले गठन गरेको विभाग विधानविपरीत भएको भन्दै पौडेल पक्षले मान्य नहुने बताइरहेको छ । महाधिवेशन सकिएको २ महिनाभित्र गठन हुनुपर्ने विभाग महाधिवेशन कार्यतालिका प्रकाशित भएपछि गठन भएको थियो ।

देउवाले विभाग संख्यासमेत बढाएका छन् भने २० विभागमा प्रमुख तोकिसकेका छन् । असार २५ बाट सुरु भएको क्रियाशील सदस्यता वितरण र नवीकरणमा संस्थापन पक्षले पार्टी संरचनाभन्दा बाहिरबाट फारम पठाएको आरोपसमेत लागेको छ । पौडेल पक्षका नेताहरुले यसअघि पटक–पटक बैठक गरि देउवाको निर्णयप्रति ध्यानाकर्षण गराएका थिए । देउवा निवासबाट भएको छलफलमा दुवै पक्षका शीर्ष नेता सहभागी भएको बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board