भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार ६२६ जना संक्रमित

काठमाडौं, २२ साउन । भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६३ हजार नाघेको छ । बिहीबारसम्म भारतमा थप ५६ हजार ६२६ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६३ हजार २३९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १३ लाख २७ हजार २०० जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ९५ हजार ३०० जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ९१९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४० हजार ७३९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति