दुई साता लकडाउन गर्न विज्ञको सुझाव

काठमाडौं, २० साउन । नेपालमा लकडाउन खुलेसँगै कोभिड-१९ का संक्रमित संख्या बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरुसँगै छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि विज्ञहरुसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीलाई विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिए ।

छलफलमा विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख प्रतिपक्ष दलका नेताहरु समेत सहभागी थिए । काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका महन्त ठाकुर पनि सहभागी भएका थिए ।

छलफलमा सहभागी एक नेताका अनुसार विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताए । विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको आफूले एक नेताको भनाई छ ।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतले सुझाब दिएका छन् । उनीहरुले सरकारले सुझाव लिनेमात्रै नभइ काम पनि गर्नुपर्ने धारणा राखेका थिए ।

यो पनि
विज्ञसँग प्रमको छलफल शुरु, लकडाउन गर्ने या नगर्ने निर्णय हुँदै

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board