विज्ञसँग प्रमको छलफल शुरु, लकडाउन गर्ने या नगर्ने निर्णय हुँदै

काठमाडौं, २० साउन । नेपालमा लकडाउन खुलेसँगै कोभिड-१९ का संक्रमित संख्या बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरुसँगै छलफल गर्दैछन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा ओलीले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि विज्ञहरुसँग छलफल थालेका हुन् ।

विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख प्रतिपक्ष दलका नेताहरु समेत सहभागी छन् । भने छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका महन्त ठाकुर पनि सहभागी रहेको खबर छ ।

सरकारले लकडाउन खुला गरेपछि संक्रमण फैलिएको भन्दै विज्ञहरुले पुनः लकडाउन गर्नुपर्ने सुझाव दिईरहेका छन् । सरकारले विज्ञहरुको राय बुझेर लकडाउन गर्ने या नगर्ने भन्ने निर्णय गर्ने तयारी गरेको छ ।

यो पनि
नेकपा विवादः वामदेवको अस्त्रले ओली-प्रचण्डको ‘होडबाजी’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board