नेकपा विवादः वामदेवको अस्त्रले ओली-प्रचण्डको ‘होडबाजी’

काठमाडौं, २० साउन । नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादले अझै पनि पाउन सकेको छैन । नेकपा अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद वार्ता समाधानको लागि पटक-पटक छलफल भए पनि खास निकास दिन सकेको छैन ।

विवाद समाधानका लागि नेकपा शिर्ष नेताहरुबीचको छलफल जारी छ । यसैबीच नेकपाभित्र विभिन्न गुट उपगुटको भेला पनि भित्रभित्रै भईरहेको स्रोतको भनाई छ । यसैबीच नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् ।

दुई अध्यक्ष सामु ६ बुँदे प्रस्ताव अघि सारेका गौतम त्यसयता अर्का अध्यक्ष केपी ओली निकट हुन पुगेको विश्लेषण हुन थालेपछि प्रचण्ड गौतम भेट्न निवास पुगेका हुन् । ओलीले पनि यसअघ गौतमलाई भेटन उनकै निवासमा पुगेका थिए । प्रचण्डपनि गौतमलाई भेट्न भैँसेपाटी पुग्नुलाई अर्थपुर्णले हेरिएको छ ।

प्रचण्ड गौतम भेट्न भैसेपाटी आएको पुष्टि गर्दै समसामयिक विषयमा नेताहरुबीच छलफल हुनु सामान्य भएको उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए । उपाध्यक्ष गौतमले खुलेरै तत्काल दुवै पदबाट ओलीलाई हटाउन नहुने बताएपछि त्यसको असर पनि देखिन थालेको छ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला सहमतिको लागि भन्दै यसअघि गौतमले ६ बुँदे प्रस्ताव अघि सारेसँगै ओली गौतमलाई भेट्न उनको निवास पुगेका थिए । गौतमको ६ बुँदे प्रस्तावमा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने उल्लेख छ ।

पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी वा महाधिवेशन कहाँबाट समाधान खोज्ने भन्नेमा उनीहरुबीच थप विवाद नै छ । यसमा दुवै समूहका आ-आफ्ना रणनीति र एकअर्कामाथि दबाब बनाउने योजनामा रहेको बुझिएको छ ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पटक-पटक स्थगित भएको छ । बैठकले खास निर्णय दिन नसेको भन्दै नेताहरुकै असन्तुष्टि छ । साउन १३ मा ओलीले एकतर्फी रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि दाहालले बहुमत सदस्यको बैठक गरेका थिए । उक्त बैठकले ओलीले एक्लौटी स्थायी कमिटिको बैटक स्थगित गर्नु गलत रहेको निष्कर्ष निकालेको थियो ।

दाहालले बहुमत स्थायी कमिटी सदस्यहरूको बैठक गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । त्यसपछि ओली र दाहालबीच संवाद नै टुटेको थियो । पाँच दिनपछि उनीहरुवीच साक्षी राखेर आइतबाारदेखि छलफल शुरु भएको छ ।

यसरी पार्टीका अध्यक्षद्धयले नै वामदेवलाई आफुनिकट तान्न खोजिरहेको देखिन्छ । तर, वामदेवको भुमिका के हुने भन्ने प्रश्नले पछिल्लो नेकपा विवाद राजनीतिमा कौतुहल्ता छ ।

प्रचण्ड-बामदेवको ४० मिनेट वार्ता
प्रचण्ड र गौतमबीच भएको भेटवार्तामा ६ बुँदे प्रस्तावमा छलफल भएको छ । मंगलबार प्रचण्ड गौतमलाई भेट्न बिहान ११ बजे भैंसेपाटी पुगेका थिए । करिव ४० मिनेट भएको प्रचण्ड–गौतमबीचको भेटवार्तामा पार्टीमा देखिएको विवाद समाधानबारे छलफल भएको बुझिएको छ ।

उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार भेटवार्तामा खासगरी यसअघि गौतमले राखेको ६ बुँदे प्रस्तावका विषयमा छलफल भएको छ । सुवेदीका अनुसार अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच ४० मिनेट कुराकानी भएको थियो ।

यसअघि आइतबार र सोमबार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका प्रचण्डले ती भेटवार्तामा पनि सहमतिको संकेत नदेखिएपछि गौतमसँग भेटेका हुन् । नेकपा विवाद समाधानको लागि ओली प्रचण्डबीच आजै वार्ता हुँदैछ । वार्ता साँझ ५ बजे हुने र सहमतिको बिन्दु खोज्न प्रयास हुने बुझिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board