यस्तो छ सुनको भाउ निरन्तर बढ्नुको खास कारण

काठमाडौं, २० साउन । सुनको भाउ निरन्तर बढेपछि नेपाली बजारमा यसको प्रभाव परेको छ । आज ९सोमबार० सुन तोलाको ९९ हजार ६०० मा कारोबार भइरहेको छ। ७ देखि १८ साउनसम्म लगातार बढेको मूल्य आज भने आइतबारकै मूल्य कायम रहेको हो। आज तेजाबी सुनको मूल्य तोलाको ९९ हजार १६० छ। आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै चाँदी एक हजार २३० प्रतितोलामा कारोबार भइरहेको छ। नेपाली बजारमा सुनको मूल्य बढेर तोलाको १ लाख ५० हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजार र मुलुकको अर्थतन्त्रका कारण सुनको मूल्य अझै बढ्ने आंकलन गरिएको हो ।

नेपाली बजारमा लगातार बढेर तोलाको १ लाख हाराहारीमा पुगेको सुनको मूल्य अझै बढेर १ लाख ५० हजार रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ । सन् २०२१ अर्थात् अबको ५र६ महिनामा अन्तर्राष्ट्रिय बजारमा हाल प्रतिऔंस १९ सय ७५ डलर हाराहारीमा कारोबार भइरहेको सुनको मूल्य ३ हजार डलरसम्म पुग्ने अनुमानकाबीच नेपालमा पनि सुनको मूल्य डेढ लाखको उचाईमा पुग्ने अनुमान भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सुनको मूल्य बढ्नुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धेरै कारण रहेको बताउनुहुन्छ । राष्ट्रियरुपमा चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सुनको भन्सारदर प्रति दश ग्राम दुई हजार रुपैंया बढी बढाइएका कारण सुनको मूल्य बढेको हो । यता अन्तर्राष्ट्रिय बजारमा अमेरिकाको फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउँदा सुनमा लगानी बढ्नु, अन्तर्राष्ट्रिय बजारमा सन् २०२२ बाट बेसल निर्देशिका–३ लागू गर्नुपर्ने जसले नोट निष्काशन गर्दा धितो राख्दै आइएको डलर र बोण्डको सट्टा सुन राख्नुपर्ने प्रावधानका कारण सबै देशका केन्द्रीय बैंकले सुनको मौज्दात बढाउँदै लगेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा कोरोना महामारीले आर्थिक मन्दी छाउँदा उद्योग धन्दा लगायत शेयर मूल्यमा गिरावट आएपछि सुरक्षित लगानीको साधन सुनतर्फ लगानीकर्ता आकर्षित बनेका छन् । यसैगरी अन्तर्राष्ट्रिय चलनचल्तीको मुद्रा डलरको विकल्पको रुपमा यूरो, चिनियाँ मुद्रालाई राख्न खोज्दा रुस, चीन, जर्मनी, स्ट्जिरल्याण्ड लगायत मुलुकले सुनको मौज्दात बढाउँदा अन्तर्राष्ट्रिय बजारमा मूल्यमा चाप परेको हो । कोरोनाका कारण कामदारको अभावमा खानीबाट सुनको उत्खनन न्यून बन्दा आपूर्ति घटेर सुनको मूल्य बढेको हो ।

कोरोना महामारीसँगै नेपालमा लकडाउन शुरु भएपछि नेपालको सुन बजारमा न्यून कारोबार मात्र भइरहेको छ । सिजनका बेला दैनिक रुपमा ४० किलोसम्म खपत गर्ने नेपाली बजार अहिले ४ देखि ५ किलो मात्रै खपत गर्ने अवस्थामा झरेको छ । बजारमा सुन बिक्री गर्नेको संख्या बढेको छ भने २३ हजारको हाराहारीमा कारोबार गर्ने देशभरको बजारमा १ सय भन्दा बढी पसल बन्द भइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति