विश्वभर १ करोड १६ लाख ६५ हजार ६६६ जना कोरोना संक्रमित निको

काठमाडौं, २० साउन । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट विश्वभर १ करोड ८४ लाखभन्दा बढीमा मानिस संक्रमित भएका छन् । मंगलबार विहान सम्ममा १ लाख ९९ हजार ३१२ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ३४ हजार ८८३ पुगेको वल्र्डमिटरले जनाएको छ ।

विश्वभर कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । मंगलबार बिहानसम्म १ करोड १६ लाख ६५ हजार ६६६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।

यस्तै एकै दिन ४ हजार ३६६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ९६ हजार ८१७ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ५९ जनाको मृत्यु भएको छ । २९ लाख २३ हजार ५९० जना संक्रमित भएकोमा १७ लाख ५५ हजार २०४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २२ हजार ८२० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५७ लाख ९ हजार २३३ पुगेको छ । त्यसमध्ये २९ लाख ८९ हजार ५२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६७९ जनाको मृत्यु भएको छ । ४५ लाख २३ हजार ३५१ जना संक्रमित भएकोमा ३३ लाख ५७ हजार ७७१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४८ हजार ३२७ जनाको मृत्यु भएको छ । ४२ लाख ८५ हजार ५९४ जना संक्रमित भएकोमा २९ लाख १७ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २० हजार ६७१ जनाको ज्यान गएको छ भने ९ लाख ७२ हजार २८७ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख ३२ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २४६ जनाको मृत्यु भएको छ । २० हजार १०७ जना संक्रमित भएकोमा १२ हजार २७६ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board