नेपालमा ३६ जना कोरोना संक्रमितको अवस्था गम्भिर

काठमाडौं, २० साउन । पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उहाँका अनुसार सोमवार थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको छ। कुल संक्रमित मध्ये ६१ प्रतिशत उपचार पछि फिर्ता भएपनि उपचारको क्रममा विभिन्न अस्पतालमा रहेका ५ हजार ७३२ जना कोरोना संक्रमितमध्ये ३६ जना को अवस्था गम्भिर रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार अपरान्ह चारबजेसम्म देशभरका विभिन्न अस्पतालमा उपचाररतमध्ये ३६ संक्रमितको अवस्था चिन्ताजनक रहेको जनाएको छ।

त्यसमध्ये दुईजनालाई भेन्टिलेटरमा छन् भने ३४ जना आइसीयूमा छन् । सबैभन्दा बढी बागमती प्रदेशमा २१ संक्रमित आइसीयूमा छन् भने एक जना भेन्टिलेटरमा रहेको बताइएको छ । यस्तै प्रदेश नम्बर २ मा सात जना आइसीयूमा, प्रदेश नम्बर १ मा तीन जना आइसीयूमा र एक जना भेन्टिलेटरमा छन्।

प्रदेश नम्बर ५, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा एकएकजना बिरामी आइसीयूमा उपचारारत रहेको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति