आ-आफ्नै अडानमा ओली र प्रचण्ड, आजको छलफल पनि निष्कर्षविहीन

काठमाडौं, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले अझै समाधान पाउन सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार विहान नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।

नेकपाभित्रको विवाद समाधानतर्फ जाने अपेक्षा गरिएको आजको छलफलले खास निकास दिन सकेन । केही दिन अवरुद्ध भएर आइतबारबाट सुरु भएको दुई नेताबीचको सोमबारको संवादमा पनि निष्कर्षविहिन सकिएको हो ।

आज भएको नेकपा अध्यक्षद्धदय ओली र प्रचण्डबीचको भेटमा सहभाी एक नेताले भने, ‘अरु केही प्रगति भएन, वार्ताको निरन्तरता मात्रै भयो।’ सुरुमा जनैपूर्णिमाको शुभकामना साटासाट भयो, त्यसपछि विषयवस्तुमा प्रवेश भएपनि कुनै सहमति हुन सकेन ।’

आज बिहान सवा ९ बजेबाट सुरु भएको वार्तामा नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि सहभागी थिए । खनाल प्रचण्ड र नेम्वाङ ओलीका तर्फबाट वार्तामा सहभागी भएका हुन् ।

छलफलमा अध्यक्ष प्रचण्डले स्थगित भएको स्थायी समिति बैठकको तत्काल मिति तोक्न र समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए । स्रोतका अनुसार प्रचण्डले आफ्नो अडानलाई निरन्तरता दिँदै पार्टीभित्रको समस्या समाधानका लागि ओलीलाई आग्रह गरेका हुन् । प्रचण्डले ओलीलाई भने – ‘अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्नुहोस् विवाद समाधान गरौँ।’

तर, प्रधानमन्त्री ओलीले ‘पद छाड्न भन्न् भन्दा पनि पार्टीभित्रको विवाद समाधान गर्न तपाईले सहयोग गर्नुहोस् । मलाई पद छाड्न विधानले दिन्न,’ भनेका थिए । भेटमा प्रचण्डलाई ‘सचिवालयमा घनिभूत छलफल गरौँ । त्यसपछि मात्रै स्थायी समिति बैठक बोलाऔं’, ओलीको जवाफ थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति