सिन्धुपाल्चोकमा पहिरोः दश जनाको शव भेटियो, एकको जीवितै उद्धार

सिन्धुपाल्चोक, १९ साउन । गएराती दुई बजे मेलम्ची बजारमा पहिरो जादाँ बेपत्ता भएका आठ जनाको शव निकालिएको छ भने एक जनाको जिवितै उद्धार गरिएको छ ।

त्यस्तै घट्टे खोला छयाप्लुङभीरमा पहिरोबाट थप दुई जनाको शब निकालिएको छ । यो सँगै मृतक संख्या दश पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए । पहिरोको कारण मेलम्ची बजारमा निमार्ण हुदै गरेको कर्भडहलमा काम गर्ने मजदुर बेपत्ता भएका थिए ।

त्यस्तै बाह्बिसे नगरपालिका २ कर्थलीमा पनि भीषण पहिरो गएको छ । घट्टेखोलाको छयाप्लुङभीरमा पहिरो आउदाँ ५ घर पूर्णरुपमा क्षति भएको स्थानीय रेशम बहादुर तामाङले दिएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board