सिन्धुपाल्चोकमा पहिरोले घर पुरियो, श्रीमान-श्रीमतीको मृत्यु

सिन्धुपाल्चोक, १९ साउन । पहिरोले घर पुरिँदा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकामा एक दम्पतीको मृत्यु भएको छ ।

पहिरोले घर पुरिँदा मृत्यु हुनेमा वडा नम्बर २ गाङखोर निवासी ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार आइतबार रातिको अविरल वर्षापछि राति सुतिरहेका बेला घर माथिबाट आएको पहिरोमा उनीहरु पुरिएका हुन् ।

यस्तै, आइतबार बिहान मेलम्ची नगरपालिका वडा नम्बर ११ मा बन्दै गरेको कभर्ड हल पहिरोले पुरिँदा ८ जना मजदुर बेपत्ता भएका छन् । बेपत्ता ८ जनामध्ये ७ जनाको शव भेटिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board