आर्यघाटबाट जलाउन लागेको शव बरामद, छोरा पक्राउ

काठमाडौं १८ साउन । प्रहरीले पशुपति आर्यघाटमा जलाउन लागेको शव बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुर गोदावरीका ५० वर्षका कृष्ण नेपालीको शव बरामद गरेर उनका छोरा ३० वर्षका सन्तोष नेपालीलाई पक्राउ गरेको हो । हत्या भएको आशंकामा शव बरामद गरेर अनुसन्धान सुरु गरेको ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए । प्रहरीका अनुसार गत बिहीबार राति रक्सी खाएका बेला कृष्ण र छोरा सन्तोषबीच झगडा भएको थियो । त्यसै क्रममा सन्तोषले बाबुमाथि कुटपिठ गरेका थिए । बिहान बाबु बेहोस देखेपछि सैनिक अस्पताल छाउनीमा उपचारका लगी लगेका थिए ।

तर अस्पतालले मृत घोषणा ग¥यो । दाह संस्कारका लागि शव आर्यघाट लगिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । गाउँलेको सूचनाका आधारमा शव बरामद गरेर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति