वीरगञ्जमा सरकारले पठायो उच्चस्तरीय स्वास्थ्य टोली

काठमाडौं, १८ साउन । सरकारले पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ ।कोरोना महामारी फैलिएको पर्सामा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनाएको छ ।

वीरगञ्जमा पछिल्लो समयमा संक्रमितको संख्या अत्यधिक देखिएको छ । वीरगञ्जमा साउन महिनामा मात्र १० जना भन्दा धेरैको मृत्यु भइसकेको सरकारी तथ्यांक छ ।

आवश्यकता परेमा अन्य ठाउँमा पनि उच्च स्तरीय टोली पठाइने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमबताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति