भारतलाई झड्का: कालापानीमा चिनियाँ सेना !

काठमाडौं, १८ साउन । नेपाल-भारत सीमा विवाद बढिरहेको समयमा चीनले पछिल्ल्लो समय भारतीय अतिक्रमणमा परेको नेपालको लिपुलेक नजिकैको सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाएको खबर सार्वजनिक भएको छ ।

भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र अतिक्रमण गरेको छ । अतिक्रमित क्षेत्रबाट भारतले सडक निर्माण गरेपछि नेपाल-भारत सम्बन्धमा संवादहीनता देखिएको छ ।
यहीँबीचमा चीनले नेपालको लिपुलेक नजिकै आफ्नो क्षेत्रमा सैनिक परिचालन गरेको सार्वजनिक भएको हो ।

भारतीय सञ्चारमाध्यमले चीनले ‘पिपुल्स लिबरेसन आर्मी’ पिएलएको एउटा बटालियन नै लिपुलेक नजिकै तैनाथ गरेको बताउँदै आएका छन् । नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले एकाएक सो क्षेत्रमा सैन्य गतिविधि बढाएको भन्दै भारतीय मिडियाले समाचार प्रसारण गरेका थिए ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक नजिक चिनियाँ जनमुक्ति सेनाले झण्डै एक हजार सैनिक परिचालन गरेको खबर छ । उक्त खबर आएसँगै भारतलाई ठूलो झट्का लागेको बुझिएको छ । भारत र चीनबीच लद्दाखको पूर्वी क्षेत्रमा पर्ने वास्तविक नियन्त्रण रेखामा जारी विवाद सल्टिन नपाउँदै चीनले लिपुलेक नजिक सैन्य गतिविधि बढाएको हो ।

लिपुलेकमा चीनको सैन्य गतिविधिलाई भारतीय रेलसँग जोडेर भारतीय मिडियाले प्रचार थालेका छन् । इण्डिया टुडेलगायत भारतका प्रमुख सञ्चारमाध्यमले लिपुलेक नजिकै चीनले ठूलो मात्रामा सैन्य गतिविधि गर्न सम्प्रेषण गरेको छ ।

भारतीय सञ्चारमाध्यमको खबर अनुसार चीनले ल्हासाबाट काठमाडौंसम्म झण्डै ३६ सय करोड डलरको लागतमा रेल्वेलाइन बिस्तार सुरु गरेको छ । यो खबरलाई भारतीय सञ्चारमाध्यमहरुले प्राथमिक्ताका साथ सम्प्रेषण गरिरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board