भारतको समाजवादी पार्टीका पूर्व नेता सिंह निधन

काठमाडौं, १८ साउन । भारतको समाजवादी पार्टीका पूर्व नेता एवं राज्य सभा सदस्य अमर सिंहको शनिबार निधन भएको छ।

६४ वर्षको उमेरमा सिंगापुरको एक अस्पतालमा उनको निधन भएको हो। कयौं महिनादेखि उनी त्यहाँ उपचारका लागि थिए। उनका दुई जुम्ल्याहा छोरी र श्रीमती छन्। उनलाई किड्नीसम्बन्धी समस्या थियो। सन् २०१३ मा दुबईमा उनको किड्नी फेल भएको थियो।

यसै वर्षको सुरूवातमा उनको निधन भएको खबर फैलिएको थियो जसलाई उनले टाइगर जिन्दा है भनेर ट्विट गर्दै सो हल्ला निराधार सावित गरिदिएका थिए। भारतीय संचारमाध्यमहरूका अनुसार उनको हालै दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। सो प्रत्यारोपण सफल भएको भएपनि उनको पेटमा रहेको एउटा घाउमा भएको संक्रमण ठीक हुन नसकेपछि उनको स्वास्थ्य प्रतिकुल भएको भारतीय संचारमाध्यमले बताएका छन्। मृतक सिंहको शव परिवारलाई हस्तान्तरण गरिएको छ भने अन्तिम संस्कारका लागि दिल्ली ल्याइने भरतीय संचारमाध्यहहरूले बताएका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board