चीनले कुनै पनि छिमेकी देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन – चिनिया राजदूत होउ यान्छी (भिडियो अन्तर्वार्ता)

काठमाडौं १७ साउन । चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको छ । आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव । यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति सीले गत अक्टोबरमा गर्नुभएको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस अवसरमा दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गर्नुभएको छ ।

यसैबीच नेपालका लागि जनगणतन्त्र चीनकी राजदूत हाउ यान्छीको एबीसी ज्यूज टेलिभिज नेपाल–चीन दौत्य सम्वन्धको ६५ औं वर्ष पूरा भएको उपलक्ष्यमा विशेष अन्तर्वार्ता दिनुभएको छ । अन्तर्वार्ता अंग्रेजी भाषामा रहेको छ । त्यसको यहां भावानुवाद गरिएको छ ।

एबीसीयो बर्ष नेपाल र चीनकाबीच औपचारिक कुटनैतिक सम्बन्ध स्थापनाको ६५ औं स्थापना बर्ष हो र विगतका यी बर्षहरुमा दुबै देशले चीन –नेपाल शान्ति तथा मैत्री सन्धी, सिमा बिबाद समाधान सम्झौता लगायतका धेरै परिणामहरु प्राप्त गरेका छन् । एक कुटनीतिज्ञका हैसियतले दुई देश बीच सन् १९५५ मा स्थापित कुटनैतिक सम्बन्धदेखि अहिलेसम्मको अवस्थालार्ई यहाँले कसरी मूल्याङ्कन गनुहुन्छ ?


राजदूत –चीन र नेपाल एउटै पर्वत र नदीले जोडिएका र लामो मित्रता भएका घनिष्ठ मित्रहरु ह्ुन् । विगत ६५ बर्षदेखि नेपाल चीन मित्रता समयको कसिमा खरोरुपमा उभिएको छ र चारैतर्फ द्धिपक्षीय सम्बन्धबाट लाभदायी परिणामहरु प्राप्त भएका छन् । मैले हाम्रो मित्रताका चार प्रमुख बिशेषताहरुलाई औल्याएको छु ।
पहिलो, हाम्रा नेताहरुका ब्यक्तिगत मार्गदर्शन र प्रयासहरु–
हाम्रा मैत्री तथा सहयोगात्मक सम्बन्धहरुलाई दुबै देशका क्रमैसंग नेतृत्वमा आएका नेताहरुद्धारा सतर्कताका साथ पालनपोषण गरिएको छ । गत वर्ष हाम्रा महामहिम राष्ट्रपति सि चिनफिङ्गले गर्नुभएको नेपालको राजकीय भ्रमणका अवसरमा राष्ट्रपति सि चिनफिङ्ग र नेपालका महामहिम राष्ट्रपति बिद्यादेवी भण्डारीेले हाम्रा द्धिपक्षीय सम्बन्धलाई विकास र सम्मृद्धिका लागि चिरस्थायी मित्रताको रणनैतिक साझेदारीमा बिकास गर्न सहमत हुनु भयो । हाम्रो द्धिपक्षीय सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ ।
दोस्रो, शान्तिपूर्ण सह अस्तित्वका पांच सिद्धान्तहरुप्रतिको समर्थन ।
हामी बीच कुटनैतिक सम्बन्धको स्थापना भए पश्चात एक अर्कालाई सदैव आदर, विश्वास, र साथ दिएका छौं । नेपालले एक चीन नीति प्रति आफ्नो दृढता कायम राखेको छ भने चिनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डताको रक्षाका निमित दृढताका साथ सहयोग सहयोग गर्ने नीति लिएको छ । फरक ब्यवस्था तथा आकारका देशहरु भएर पनि हाम्रो सम्बन्धले सामञ्जस्यपूर्ण सहअस्तित्वको असल उदाहरण कायम गरेका छन् ।
तेस्रो, ब्यबहारिक सहयोगको बचनबद्धतालाई सुदृढ बनाउने–
चीनले नेपालमा स्कुल, अस्पताल, तथा सडक लगायतका निर्माण सहयोग आयोेजनाहरु सञ्चालन र सहयोग गरेको छ । दक्षिण एसियामा नेपाल चीनको एक महत्वपूर्ण ब्यापार र बिकास साझेदार हो र हाम्रो द्धिपक्षीय ब्यापारको आकारप्रति बर्ष १५ अर्ब अमेरिकि डलर पुगेको छ । हामीले धेरै चिनिया कम्पनिहरुले लेपालका निर्माण, जलबिद्युत, पर्यटन तथा अन्य उद्योगहरुमा लगानि गरेको देखेका छांै । हाम्रा सम्बन्धको चौडाई र गहिराई अनुपम÷अद्धितीय तहमा पुगेका छन् ।
चौथो, दुबै देशका जनताहरु एक अर्काको हृदयमा गहिरिएर बसेका छन् ।
हामीहरु छिमेकी मात्र नभएर असल मित्र, साझेदार, भाई तथा दिदी बहिनीहरु पनि हौं । हामीहरुले सधंै एक अर्काका सुख र दुःख आपसमा बांड्दछौ । जब वेनचुवान र नेपालमा क्रमश २००८ र २०१५ को भूकम्पबाट नराम्रोसंग प्रभावित भए हामीले एक अर्काको उद्धार र राहतमा सहयोग पुर्याऔं ।
यो समयमा हाम्रा दुबै देश कोभिड –१९ को चपेटामा परेको समयमा पनि हामीले यो भाइरसका विरुद्धको लडाईमा मिलेर काम गरेका छौं । हामीले हाम्रो दृढ प्रतिवद्धतालाई प्रदर्शन गर्न मानव जातिको साझा भविष्यसहितको समुदाय निर्माणका लागि ठोस कार्यमा प्रयोग गर्दछौ ।

एबीसी –बेल्ट एण्ड रोड इनिसियटिभ (विआरआई) विश्वभरका विकाशशील देशहरुलाई सहयोग गर्ने चीनको ध्वजाबाहक कार्यक्रम हो र नेपालले पहिले नै यो कार्यक्रममा हस्ताक्षर गरिसकेको छ । महामहिमज्यू ! बिआरआई अन्तर्गत आपसी सहयोगका क्षेत्रमा भएका बिषेश विकासहरुका बारेमा केही बताउनु हुन्छ कि ? त्यस्तै यहाँको बिचारमा नेपालमा यो कार्यक्रमलाई गति दिन हामीहरुले के गर्न सक्दछौ ?
राजदूत – सन् २०१३ मा महामहिम राष्ट्रपति सि चिनफिङ्गले यो कार्यक्रमको प्रस्ताव गर्नु भएको हो । यो कार्यक्रमले वृहद् छलफल, संयुक्त योगदान, र आपसी फाइदाका सुनौला नियम अनुसरण गर्दछ । विगत सात बर्षमा हामीले १३८ देशहरु र ३० अन्तराष्ट्रिय संगठनहरुसंग सहयोग सम्बन्धित कागजातमा हस्ताक्षर गरेका छौं । २००० भन्दा बढी आयोजनाहरु लागू भएका छन् भने साझेदार देशहरमा दशौं हजार रोजगारी सृजना भएका छन् ।
दक्षिण एशियामा नेपाल बिआरआईको सयुक्त निर्माणको महत्वपूर्ण साझेदार हो र हामीले यो कार्यक्रम अन्तर्गतको समझदारी पत्रमा सन् २०१७ मा हस्ताक्षर गर्यौं । ं । गत बर्षमा भएको राष्ट्रपति सि चिनफिङ्गको नेपाल भ्रमणका अवसरमा हामीहरुले बिआरआइको संयुक्त निर्माणलाई नेपाललाई भूजडित देशका रुपमा रुपान्तरण गर्ने राष्ट्रिय बिकास रणनीतिसंग जोडिन सहमत भयौं । यस्ले हाम्रो पारस्पारिक लाभदायी सहयोगमा नयाँ उर्जाको सञ्चार गरेको छ ।
हालका वर्षहरुमा सञ्चार, राजमार्ग, रेलमार्ग, बन्दरगाह, र हवाई उड्यन जस्ता कनेक्टीभिटी योजनाहरुमा प्रशस्त बिकास भएका छन् । चिन नेपाल सिमापार अप्टिकल फाईवर व्यापारिक कार्य सञ्चालनमा आईसकेको छ, सिमापार राजमार्गहरुको स्तरोन्नती निर्माण तिब्र गतिमा अगाडि बढेको छ, तथा सिमापार रेल मार्गको सम्भाव्यता अध्ययन सुरु भएको छ । हामीले ३ वटा सुख्खा बन्दरगाह खोलेका छौं, दुई देश बीच प्रति हप्ता करिव ६० सिधा हवाई यातायात सञ्चालित छन् र त्यो संख्यामा अझै बृद्धि हुंदैछन् । हिमालपार बहुआयामिक कनेक्टीभिटि सञ्जालले बिस्तारै आकार लिंदैछ ।
म जोड दिन चाहन्छु कि पूर्वाधारको भौतिक कनेक्टीभिटी बिआरआईको महत्वपूर्ण हिस्सा हो । तर नीति, ब्यापार, बित्तको कनेक्टीभिटी तथा जनता जनता बीचको आदानप्रदान पनि बिआरआईलाई समुन्नत बनाउनका लागि प्रमुख हुन् । बिआरआइलाई वृहद रुपमा सफलतातर्फ लैजान हामीहरुले हाम्रा नेताहरुको सहमतिलाई अनुसरण गर्नु पर्दछ ।
एबीसी –नेपाल र चीनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रित्वको कार्यकालमा ऐतिहासिक पारवाहन तथा यातायात सम्झौतामा हस्ताक्षर गरियो । आफ्नो राजकीय भ्रमणका अवसरमा महामहिम राष्ट्रपति सि चिनफिङ्गले ऐतिहासिक पारवहन तथा यातायात सम्झौता पछि नेपाल भूजडित देश बनेको बताउनु भएको थियो । चीनले नेपाललाई भूपरिवेष्ठित अबस्थाबाट भूजडित बनाउन योे भन्दा बढी के गर्न सक्छ ?
राजदूत –चिन र नेपालले पारवहन र यातायात सम्भौतामा मार्च २०१६ मा हस्ताक्षर गरे भने कार्यान्वयनका लागि पारवहन तथा यातायात प्रोटोकल २०१९ को अप्रिल महिनामा हस्ताक्षर गरे । चीनले नेपालको तेस्रो मुलुकसंगको व्यापारका लागि ३ वटा सामुद्रिक र ४ स्थल बन्दरगाह उपलब्ध गराउन सहमत छ । हाम्रा बीचको आपसी सहयोगलाई अझ प्रगाढ बनाउने यो एउटा महत्वपूर्ण कदम हो र यस्ले नेपाललाई क्षेत्रीय आर्थिक बिकासमा महत्वपूर्ण भूमिका खेल्न सहयोग पुर्याउने छ । दुई देशका सम्बन्धित बिभागहरु सम्झौता कार्यान्वयनका लागि निकट समन्वयमा रहेका छन् । यदि नेपाली पक्षलाई बिशेष आवश्यकता पर्दछ भने चिनिया पक्षले ब्यापारिक सिद्धान्त अनुसार आबश्यक सुविधा उपलब्ध गराउनेछ । मलाई बिश्वास छ कि अभ्यासका माध्यमले प्राविधिक समस्या समाधान भैसकेपछि हामीले अनुभव प्राप्त गर्ने छौं अनि हाम्रो साहायता नमुना परिपक्क हुनेछ । नेपालले चीन भएर तेस्रो मुलुकबाट धेरै सामानहरु आयात गर्नेछ ।
एबीसी – माहामहिमज्यू, कोरोना माहामारी लाई पराजित गरेपछि चीनले आफ्नो अर्थतन्त्रलाई पहिलेकै अवस्थामा पुर्याउन कोशिस गरिरहेको छ । नेपाल पनि यो महामारिबाट उत्पन्न आर्थिक असरबाट क्रमस सुधारतर्फ जानका लागि प्रयासरत छ । यो माहामारीको उत्तरार्धको परिवेशमा चीनले नेपाललाई कस्तो प्रकारको आर्थिक सहयोग प्रदान गर्न सक्ला ? के दुबै देशले हवाई यातायात र पर्यटनलाई केही महिना भित्रै पुनः सुरुवात गर्न सक्लान ?
राजदूत – नेपाल सरकार र जनताहरुकोे साझा प्रयासबाट नयाँ संक्रमितहरुको संख्यामा क्रमिक गिरावट आएको र लकडाउन पनि क्रमश हटाउंदै गएको देख्दा हामीहरु खुशि छौं । कोविड –१९ ले हाम्रो आपसि सहयोगलाई केही हदसम्म असर गरेको छ, तर त्यो असर अस्थायी र सिमित छ । कोभिड–१९ को जोखिमको सामना गरिरहेको सन्दर्भमा हामीहरुले यस्को नियन्त्रण र असल सामाजिक आर्थिक बिकासका बीच सहि सन्तुलन कायम गर्नुपर्दछ । हामीहरुले माहामारी रोकथाम र नियन्त्रणलाई पूर्व सर्तकारुपमा राख्दै जतिसक्दो छिटो मूख्य पूर्वाधार निर्माण आयोजनाहरुको शुरुआत गर्न सक्दछां । यी हाम्रा प्रयासहरुले रोजगारी संरक्षण र जनताका हित रक्षा गर्न मद्धत पुर्याउने छ । तर यतिखेर कतिपय आयोजनाहरुले कच्चा पदार्थको कमीको सामना गर्नु परेको छ भने चिनिया प्राविधिकहरु चीनमै रोकिएका छन् । आपूर्ति श्रृंखलालाई स्थिर राख्नका लागि खाद्य बस्तु आपूर्तिका लागि हरित करिडोर खुला गर्नु पर्दछ र आयोजनासंग सम्बन्धित ब्यक्तिहरुलाई ल्याउनका लागि द्रुत मार्गको खोजी गरि स्थापित गर्नुपर्दछ । अहिले हामी यो काममा लागिरहेका छांै । हामीले बिकाशको नयाँ इञ्जिनकारुपमा ईकमर्श, बायो मेडिसिन, र क्लाउड अर्थतन्त्रका क्षेत्रमा सहकार्यलाई तिब्रता दिन सक्दछौं । अबस्था अझै पनि गम्भिर छ । सिमापारबाट हुने संक्रमणलाई रोक्न चीन लगायत धेरै देशहरुले मानिसहरुको आवागमनमा कडा सिमाहद तोकेका छन् । उदाहरणका लागि यात्रुहरुले बिमानमा चढ्नु अघि पि.सि.आर जाँच गराउनु पर्दछ र जाहजबाट ओर्लेपछि कम्तिमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्दछ । आफु र अरु मानिसलाई बचाउनका लागि पनि अनावश्यक सिमापार आवागमन नगर्न सल्लाह दिईन्छ ।
मलाई बिश्वास छ कि जब हामीले अन्नतत कोभिड –१९ माथि विजय प्राप्त गर्दछांै तब धेरै भन्दा धेरै पर्यटकहरु नेपालको संस्कृति, इतिहास तथा प्राकृतिक दृष्यको आनन्द लिन नेपाल आउनेछन् ।
एबीसी – महामहिमज्यू ! लामो राजनीतिक अस्थिरतापछि नेपाल नयाँ संबिधान सहितको राजनैतिक स्थायित्व, करिव दुई तिहाई बहुमत सहितको निर्वाचित सरकारसंगै राजनैतिक स्थिरतामा प्रवेश गरेको छ । यो परिवर्तित राजनैतिक सन्दर्भमा कुटनैतिक तथा नेपालसंगको द्धिपक्षीय मुद्धाहरुलाई ब्यवहारिक गति दिने विषयमा यहांकोे कस्तो अनुभव रहेको छ ?


राजदूत – हामीले नेपालको ऐतिहासिक तथा युग निर्माण गर्ने राजनैतिक रुपान्तरणका लागि धन्यवाद दिएका छौं । अस्थिरताको लामो समयपछि नेपालले बिकासका नयाँ अवसरहरुको सामना गरिरहेको छ र जोश जाँगरका साथ सम्मृद्ध नेपाल सुखी नेपालीको दुरदृष्टिसंग अगाडि बढ्दै छ ।
चीनको आफ्नै अनुभवका आधारमा भन्न सकिन्छ कि बिकासका लागि स्थायित्व पूर्व शर्त हुन्छ । चीनले कहिले पनि अन्य मुलुकहरुको आन्तरिक मामलामा हस्तक्षेप गर्दैन । नेपाली नेता तथा साथीहरुसंगको भेटका अवसरमा मैले नेपालीहरुले राजनैतिक स्थायित्व कायम गर्न र आर्थिक बिकास प्राप्त गर्न सक्नुहोस् भनेर शुभकामना दिने गरेकी छु । मलाई लाग्दछ यो नै सर्बसाधारण नेपालीहरुको पनि आकांक्षा हो । हामी आशावादी छौ कि नेपालले ठूलो बिकास गर्ने यो ऐतिहासिक अवसरलाई समात्न सक्नेछ ।
एबीसी – चीन हाम्रो सधैंको मित्र हो । नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ६५ औं बर्षगाँठको यो अवसरमा यहाँले नेपाली जनताहरुलाई केही सन्देश दिन चाहनुहुन्छ कि ?


नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ६५ औं बर्षगाँठको यो अवसरले यो बर्षलाई संयुक्त स्मरणोत्सव तथा नयाँ प्रगतिको अवसरका रुपमा लिने अवसर दिएको छ । म यो अवसरलाई हाम्रो द्धिपक्षीय सम्बन्धमा योगदान पुर्याउनु हुने मेरा सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवाद दिने अवसरका रुपमा पनि तपाईंहरु मार्फत उपयोग गर्न चाहन्छु । नयाँ युगको नयाँ शुरुआती बिन्दुमा उभिएर हामीहरुले हामी बीचको परम्परागत मित्रतालाई अगाडि बढाउनु पर्दछ र द्धिपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनु पर्दछ । चिनियाँ राजदुतावास र म नेपालका सबै क्षेत्रका मानिसहरुसंग सहयोग अभिवृद्धि गर्न र दुबै देशका जनताहरुलाई फाइदा हुने काममा निरन्तर समर्पित रहने छु । हाम्रो दौत्य सम्वन्धको ६५ औं वर्षगांठका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board