निकास दिने तत्परतासहित छलफलमा बस्न प्रचण्डको ओलीलाई प्रस्ताव

काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू प्रस्ताव रोखका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसामु पार्टीभित्रको विवादलाई निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार प्रचण्डले बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर कुराकानीसमेत गरेका थिए । प्रचण्डले महासचिव पौडेललाई निकास दिने तत्परतासहित गम्भीर छलफलका लागि पहल गर्न आग्रह गरेको खबर छ ।

‘असहमतिको निकास दिन अर्का अध्यक्ष (केपी ओली) तयार हुनुपर्छ’ प्रचण्डले भनेको थिए, ‘त्यस अनुसार भेटघाट र छलफलका लागि समय मिलाउनुस् ।’ प्रचण्ड महासचिव पौडेलको जवाफको पर्खाइमा रहेको स्रोतले बतायो ।

मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षमा बहुमत स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकमा ओलीले एकलौटी यसरी बैठक स्थगित गर्नु अनुचित भएको ठहर थियो ।

साथै पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखेर ओलीसँग छलफल गरी बैठक सुचारु गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board