अमेरिकामा कोरोनाबाट एकैदिन १४ सय ६५ को मृत्यु

काठमाडौं, १६ साउन । अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन १४ सय ६५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा थप ६८ हजार ५६९ जना संक्रमित भएका छन् ।

७ महिना अघि चीनको उहान राज्यबाट फैलन सुरु भएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या १ लाख ५५ हजार २८५ पुगेको छ । कुल संक्रमित संख्या ४६ लाख ३४ हजार ९८५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २२ लाख ८४ हजार ९६५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २१ लाख ९४ हजार ७३५ जनामध्ये १८ हजार ७८३ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति