उपत्यकामा कोरोनाको संक्रमण दर बढ्यो, के गर्दैछ स्वास्थ्य मन्त्रालय ?

काठमाडौं, १५ साउन । नेपालमा कोरोना भाईरस (कोभिड – १९) का संक्रमण दर अन्य स्थानमा घट्दै गए पनि काठमाडौं उपत्यकामा भने बढ्दो छ । गत जेष्ठ–असारको तुलनामा संक्रमितको दर साउन महिनामा मुलुकभर घट्दै गएता पनि उपत्यकामा संक्रमित हुने दर वृद्धि भैरहेको देखिन्छ ।

पछिल्लो १० दिनको तथ्याङंक हेर्ने हो भने पनि काठमाडौं उपत्यका ३ जिल्ला काठमाडौं,ललितपुर र भक्तपुरमा लकडाउन अन्त्य भए संगै कोभिड–१९ संक्रमितको दर बढेको पाईन्छ । गत साउन ४ गते ३ जना संक्रमित पुष्टि भएको उपत्यकामा साउन १३ गते एकैदिन ४० जना कोभिड–१९ संक्रमित पुष्टि भएको छ ।

तथ्याङंक हेदा साउन १० गते बाहेक अन्य सबै दिन संक्रमित उकालो लागेको छ । साउन ५ गते ३ जना,साउन ६ गते ९ जना, साउन ७ गते पुन ३ जना, साउन ८ गते ९ जना, साउन १० गते ३ जना, साउन ११ गते ८ जना, साउन १२ गते ६ जना, र साउन १४ गते १५ जना संक्रमित पुष्टि भए संगै उपत्यकामा कोभिड संक्रमित बढ्ने क्रममा रहेको आंकलन गर्न सकिन्छ ।

उपत्यकामा लकडाउन अन्त्यसंगै यसरी दिनानुदिन संक्रमित वृद्धि भै रहदाँ जनस्वास्थ्यविद्हरुलेनै संक्रमण समुदाय स्तरमा पुगिसकेको आशंका गर्न थालेका छन् । तर,यता स्वास्थ्य मन्त्रालयलेभने संक्रमण समुदाय स्तरमा नफैलिएको बरु मुलुकभर संक्रमण घट्दै आएकोे बताउदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार संक्रमण समुदाय स्तरमा नगएको तर नागरिकहरुले साबधानी अपनाउनुपर्ने भन्दै माक्स, सेनिटाईजरको प्रयोग संगै सामाजिक दुरी कायम गर्दै अत्यावश्यक काम गर्न र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन सुझाए ।

संक्रमित घट्न थालेको र जोखिम कम भएको महसुस गर्दैै सरकारले गत बुधबारदेखि लकडाउन अन्त्यको घोषणा गरेको थियो । मुलुकभर लकडाउन अन्तसंगै कोभिड-१९ संक्रमितको संख्या क्रमशः बढ्न थालेको छ । कतै कतै त एकै ठाउँमा एकैपटक दर्जनौं संक्रमित देखिन थालेका छन् । स्वास्थ्य शिक्षाविद् प्राध्यापक डाक्टर चित्रबहादुर बुढाथोकीले लकडाउन खुकुलो भएपछिका दिनमा कोभिड-१९को संक्रमण अझै बढ्दै गएको दावी गरे ।

डाक्टर बुढाथोकीका अनुसार बिचमा सरकारले प्रस्तुत गरेको तथ्यांकमा संक्रमितको संख्या घटेको देखाएता पनि यर्थाथमा संख्या घट्नुमा भारतबाट आउने मानिसको संख्यामा कमि आएको र सरकारले परिक्षणको दर घटाएको कारण संक्रमित संख्या कम देखिएको दावी गरे ।

लकडाउन खुकुलो भए संगै मानिसको चहलपहल मुलुकभर बाक्दिै गएको छ । जास्वास्थ्यविद्हरुले पनि आम–मानिसले कोभिड-१९लाई सामान्य रुपमा लिएको र होसियारी नअपनाए संक्रमण अझ बढ्न सक्ने अंकलन गर्न थालेका छन् । उपत्यकाकै उदाहरण दिंदै संक्रामक रोग विज्ञ तथा बैज्ञानिक डाक्टर समीरमणि दीक्षितले लकडाउन अन्त्य पश्चात उपत्यकामा संक्रमित बढ्दै जानु समुदाय स्तरमा संक्रमण रहेको सजिलै अनुमान गर्न सकिने भन्दै नागरिकले होसियारी नअपनाउने हो भने अझ भयावह हुने र सरकारले थेग्नै नसक्ने अबस्था आउने जानकारी दिए । त्यस्तै डाक्टर दीक्षितले सरकारले व्यापक रुपमा समुदाय स्तरमा परिक्षण गर्नु पर्ने धारणा राखे ।

मुलुकभर संक्रमित तीव्र बन्दै जाँदा अझ बढि सकस हुने निश्चित छ । सरकारले अत्यावश्यक कामका लागि भन्दै लकडाउन अन्त्य गरे संगै आमनागरिकहरुकोे चहलपहलले अझ बढि भयावह हुने अबस्था आएको छ । यसर्थ नागरिक आफै सचेत बनि अत्यावश्यक काम बाहेक घरबाट सकेसम्म ननिक्लिउ र निस्किनै परे सुरक्षित भएको निस्कनु आवश्यक छ । र सरकारले पनि उपत्यका लगायत मुलुक भर नै परीक्षणलाई व्यापक बनाउन आवस्यक रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board