‘सुनको झोला’ फालेर भाग्ने तीन जना पक्राउ

काठमाडौं, १५ साउन । प्रहरी देखेपछि सुनको झोला फालेर भाग्ने तीन जना पक्राउ परेका छन् । काठमाडौंबाट १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातुसम्बन्धी प्रकरणमा तीन जना प्रहरीले पक्राउ गरेको छ ।

स्रोतका अनुसार पक्राउ पर्नेहरुमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेका छन् । उनीहरु पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ परेको हो ।

प्रहरीले यही साउन १३ गते प्रहरीले कमलादीस्थित नबिल बैंक अगाडिबाट १५ किलो पहेँलो धातु बरामद गरेको बताएको थियो । प्रहरीका अनुसार सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको र सो झोलामा १५ किलो पहेँलो धातु भेटिएको थियो ।

उनीहरुले एउटा स्कार्पियो गाडीमा सामान ल्याएका थिए । पछि सो स्कार्पियो गाडी लुकाएर अर्कै कार भाडामा लिएर काठमाडौंबाट भागेको बताइएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । तर सो घटना अनुसन्धानको क्रममा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति