गण्डकी प्रदेशमा थप ३८ जना भेटिए कोरोना संक्रमित


काठमाडौं, १५ साउन । कोरोना भाईरसका संक्रमित थप ३८ जना गण्डकी प्रदेशमा भेटिएका छन् ।कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा ३, लम्जुङमा ३ र नवलपरासी पूर्वमा १ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म गण्डकी प्रदेशमा कोरोना निको भएर घर फर्किनेको संख्या १ हजार २ सय ३० छ ।

गण्डकी प्रदेशमा यससँगै कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ । पोखरा महानगरपालिकामा १४ जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितहरु १५ देखि ४० वर्ष उमेर समूहका छन् ।

यसैगरी स्याङ्जाको गल्याङमा ८ जना तथा बिरुवा, पुतलीबजार र भिरकोटमा एक–एक जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै, बागलुङको काठेखोला र बडिगाडमा २–२ जना तथा बागलुङ र जैमिनीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

तनहुँको व्यास नगरपालिकामा २ जना र ऋषिङमा १ जनामा कोरोना संक्रमण देखिएको छ । पूर्वी नवलपरासीको बौदीकालीमा १ जना र लम्जुङको बेंसिशहरमा २ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board