कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु , मृत्यु हुनेको संख्या ५१

वीरगञ्ज, १४ साउन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । ७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनको मिर्गौलामा समेत समस्या देखिएको थियो ।

उनको साउन ११ गते आइतबार नै पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब दिइएको थियो । वृद्धको उपचारकै क्रममा मृत्यु भएको नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा‍. असरफ हुसैनले जानकारी दिए । ‘किड्नीसम्‍बन्धी समस्या सँगै निमोनिया पनि रहेछ । अवस्था गम्भीर थियो’ उनले भने ‘आउनेबित्तिकै अक्सिजन दिनुपर्‍यो, भेन्टिलेटरमा राखेर पनि उपचार गर्‍यौं तर बचाउन सकेनौं ।’

अर्का मृतक ६८ बर्षीय पुरुष भने मुटु र निमोनियाका बिरामी रहेको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डा। उदयनारायण सिंहले जानकारी दिए । एडभान्स अस्पतालमा उपचारको क्रममा साउन ७ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भोलिपल्ट कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । ‘भर्ना भएको दिनमा भन्दा उपचारपछि क्रमशः उहाँको स्वास्थ्यमा सुधार भइरहेको थियो’ उनले भने ‘तर एक्कसी उहाँको व्यवहारमा परिवर्तन आयो, दबाई खानै छोड्ने, अक्सिजन निकाले फालिदिने गर्न थाल्नुभयो । बचाउन सकिएन ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board