वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं, १४ साउन । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । यँोसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । पर्सामा मात्रै कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । ७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । वृद्धको उपचारकै क्रममा मृत्यु भएको नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डा‍ असरफ हुसैनले जानकारी दिए ।

उनको मिर्गौलामा समेत समस्या देखिएको थियो । उनको साउन ११ गते आइतबार नै पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब दिइएको थियो । किड्नीसम्‍बन्धी समस्या सँगै निमोनिया पनि रहेछ । अवस्था गम्भीर थियो’ उनले भने ‘आउनेबित्तिकै अक्सिजन दिनुपर्‍यो, भेन्टिलेटरमा राखेर पनि उपचार गर्‍यौं तर बचाउन सकेनौं ।’

अर्का मृतक ६८ बर्षीय पुरुष भने मुटु र निमोनियाका बिरामी रहेको गण्डक कोभिड अस्पतालका कोअर्डिनेटर डा। उदयनारायण सिंहले जानकारी दिए । एडभान्स अस्पतालमा उपचारको क्रममा साउन ७ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भोलिपल्ट कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएको दिनमा भन्दा उपचारपछि क्रमशः उनको स्वास्थ्यमा सुधार भइरहेको थियो’ उनले भने ‘तर एक्कसी उनको व्यवहारमा परिवर्तन आयो, दबाई खानै छोड्ने गरेको गण्डक कोभिड अस्पतालमा ड्युटीमा रहेका डा। निरज सिंहले स्वास्थ्यमा सुधार हुँदै गर्दा अचानक उनको बुधबार बिहान मृत्यु भएको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board